
बनेपामा फोहोरमैला जलाउने ठाउँको विषयमा विवाद हुँदा भएको झडपमा ५ जना घाइते भएका छन् ।
बनेपा नगरपालिका वडा नं ९ को खाली जग्गामा फोहोर मैला जलाउने मेसिन राख्न लागेको विरोधमा स्थानीयले विरोध गर्दा झडप भएको हो ।
स्थानीयको विरोध रोक्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेको थियो ।
वडा अध्यक्ष शेरबहादुर सुवालले नगरपालिकाले स्थानीयको मागलाई बेवास्ता गर्दै मेसिन राख्न डोजर लगाउन खोजेपछि झडप भएको बताए ।
स्थानीयको विरोधका बाबजुद सोमबार नगरपालिकाले डोजर लगाएर ठाउँ सम्याउन खोजेपछि झडप भएको हो ।
घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया