आइतबार, ०७ सेप्टेम्बर २०२५

काठमाडौंमा पनि देखियो फानीको प्रभाव (फोटो फिचर)

News Image
• • •

बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी फानीको प्रभाव शुक्रबारदेखि नेपालमा पनि देखिन थालेको छ। काठमाडौं उपत्यकासहित मध्य भागमा  तीव्रगतिको हावाहुरी चलेको थियो। देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। फानीको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्‍न भागमा मौसममा बदली भएर पानी पर्न थालेको महाशाखाकी मौसमविद विभूति पोखरेलले जानकारी दिइन्। ‘फानी को प्रभाव विस्तारै पश्चिम नेपालका केही भागमा देखिन थालेको छ, यो भोलिसम्म रहनेछ', उनले भनिन्।

शनिबार, बैशाख २१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)