बुधबार, १३ अगस्ट २०२५

उनीहरूको 'साइत नपर्नु'मा हाम्रो के गल्ती?

News Image
• • •

सन् २००६ को कुरा हो, 'राधा दिदी' भर्खर मृत्युको मुखबाट फर्किएकी थिइन्। आगाले पोलेको घाउहरू खाटा बसिसकेकै थिएनन्।

'कत्ति घरभित्र बस्नु' भनेर उनी बाहिर निस्किन्थिन्। बाहिर हिँड्दा मनको घाउ निको भएको भान हुन्थ्यो। एक दिन जमल चोक पुगेकी थिइन्। साथमा भाइहरू पनि थिए। उनका आँखा नाचघरसँगै जोडिएको मःमः लेखिएको होडिङ बोर्डमा पर्याे। आँत रसाएर आयो।

होटलभित्र पसेकी मात्र थिइन्, ग्राहकहरू खाँदाखाँदैको मःमः छाडेर जर्‍याकजुरुक्क उठेर बाहिरिए।

'ती मान्छेले आगाले डढेको अनुहार हेर्दा 'साइत बिग्रिने' ठाने वा खानै दिङदिङ मानेर हिँडे, मलाई थाहा छैन,' उनले सुनाइन्, 'मेरै कारणले उठेर हिँडे भन्ने थाहा छ।'

आफू छिरेपछि रित्तोप्रायः भएको पसलले उनको मःमः खाने रहर मरिसकेको थियो। तर, भाइले डाढस दिए।

'यिनीहरू उठेर हिँडे त के भयो, साहुजीले केही भनेका छैनन्,' त्यति बेला भाइले भनेका यी वाक्य राधाले बिर्सेकी छैनन्। बिर्सिऊन् पनि कसरी, परिवारले दिएको यही आडभरोसाले आज उनलाई 'राधा दिदी'लाई बनाएको छ। उद्यमी बनाएको छ। आगोले डढाएर घरमै थन्किन बाध्य महिलाहरूको प्रेरणा बनाएको छ।

बिहिबार, भाद्र १२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)