लेस्टर सिटीद्वारा प्रशिक्षक पउल बर्खास्त

इंग्लिस क्लव लेस्टर सिटीले प्रशिक्षक क्लाउडी पउललाई बर्खास्त गरेको छ। १६ महिना टिमको प्रशिक्षकका रुपमा काम गरेका लेस्टरले प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग चार एकले पराजित भएपछि प्रशिक्षकलाई हटाएको हो।

५७ वर्षे पउल बर्खास्तीमा परेपछि लेस्टर २३ महिनामा चौथो प्रशिक्षकको खोजीमा छ। पउलले पहिलो सिजन क्लवलाई सम्हाल्दा प्रिमियर लिगमा नवौ स्थानमा राखेका थिए। अहिले टिम १२ औं स्थानमा रहेको छ।

शनिबार भएको खेलमा पराजित भएसँगै लेस्टरले लगातार चार खेलमा हार ब्यहोर्न बाध्य भएको थियो। जुन सन् २००० पछि पहिलो पटक लगातार खेलमा पराजित भएको हो ।

मुख्य प्रशिक्षकलाई हटाएपछि सहायक प्रशिक्षक ज्याकी बोनीवेले पनि क्लब छोडेका छन्।

अब फस्ट टिमका प्रशिक्षक मिकी स्टोवेल र एडाम साड्लेरले अन्तरिम रुपमा टिमलाई सम्हाल्नेछन्।

तीन वर्षका लागि प्रशिक्षकका रुपमा २०१७ मा लेस्टरमा आएको पउलको प्रशिक्षण क्लवले यो सिजन २७ खेलमा नौ मा मात्र जित निकालेको छ।

प्रकाशित मिति: : 2019-02-25 23:36:43

प्रतिकृया दिनुहोस्