पन्जाबलाई हराउँदै चेन्नई शीर्षस्थानमा

तस्बिरः एजेन्सी

पञ्जावलाई हराउँदे चेन्नई सुपर किंग्स इन्डियन्स प्रिमियर लिग(आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको पहिलो खेलमाकिंग्स इलाभेन पन्जावलाई २२ रनले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाव निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै१ सय ३८ रनमा समेटियो।

पन्जावका लागि सरफराज खानले ६७  तथा केएल राहुलले ५५ रन बनाए पनि अन्य खेलाडी सस्तैमा आउट भएपछि पन्जावले पाँचौ खेलमा दोस्रो पराजय व्यहोर्‍यो।

चेन्नईका लागिहरभजन सिंह र स्कर्ट कुग्गेलेजइनले समान २-२ तथा दिपक चाहारले १ विकेट लिँदै पञ्जावको इनिङ्स धरासयी बनाएका थिए।

यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १सय ६० रन बनाएको थियो। उसका लागि ओपनर फाफ डु प्लेसिसले ५४, कप्तान महेन्द्र सिंह धोनीले अभिजित ३७,शेनवाट्शनले २६, अब्बाती रायडुले अभिजित२१ रन बनाउनु बाहेक  सुरेश रैना १७ रनमा आउट भए ।

पन्जावका लागि कप्तान रविचन्द्र आश्विनले ३ विकेट लिँदा अन्य कुनै पनि बलरले विकेट लिन सकेनन्।

यो जितसँगै चेन्नई ५ खेलमा ४ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा उक्लिएको छ। सनराइजर्स हैदरावाद ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै दोस्रो स्थानमा झरेको छ। यदि आजै हुने दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराउन सके हैदारावाद पुनः शीर्ष स्थानमा उक्लिनेछ।

त्यस्तै ४ खेलमा ३ मा जित र १ मा हारका साथ कोलकता नाइटराइड तेस्रो स्थानमा छ। ५ खेलमा ३ मा जित र २ मा हारका साथ पन्जाव चौथो स्थानमा पुगेको छ। पाँचौमा दिल्ली क्यापिटल छ। यस्तै लगातार पाँचौ खेलमा पराजित विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंलोर अंक तालिकाको पुछारमा छ।

प्रकाशित मिति: : 2019-04-06 21:02:58

प्रतिकृया दिनुहोस्