
टोटेनहम हट्सपरले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई हराएको छ।
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलको पहिलो लेगको खेलमा टोटेनहम १-० ले विजयी हुँदै अग्रता लिएको हो।
मंगलबार राति भएको खेलमा टोटेनहमलाई जिताउन कोरियन खेलाडी सन ह्युङ मिनले खेलको ७८ औं मिनेटमा निर्णायक गोल गरे ।
खेलको सुरुवातमै सिटीले पेनाल्टीको अवसर पाएको थियो। तर सर्जियो अग्यूरोको प्रहारलाई टोटेनहमका गोलकिपर ह्युगो लोरिसले बचाउ गरेका थिए।
रहिम स्टर्लिङको प्रहार टोटेनहमका ड्यानी रोसीको हातमा लागेपछि रेफ्रीले सिटीलाई पेनाल्टीको अवसर दिएका थिए।
पहिलो लेगमा १-० ले पछाडि परेको सिटीले दोस्रो लेग घरेलु मैदान ईतिहाद मैदानमा अर्को साता खेल्नेछ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया