
तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य र जीवन बीमा गर्ने भएको छ।
नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुलाई काम गर्न थप हौसला मिलोस् भन्ने उद्देश्यले स्वास्थ्य र जीवन बीमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताए।
“बीमाले उपचारसँगै उनीहरुमा बचत गर्ने बानीको पनि विकास हुन्छ”, प्रमुख गिरीले भने। कार्यक्रमबाट नगरपालिकाका १४४ स्वयंसेविका लाभान्वित हुनेछन्।
आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले यस बीमाका लागि रु १० लाख विनियोजन गरी काम अघि बढाएको जनाएको छ। महिला स्वयंसेविका बिरामी हुँदा एक लाख बराबरको उपचार खर्च बीमाले गर्ने बताइएको छ।
नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरदैलो स्वास्थ्य सेवा सञ्चालन गर्दै आइरहेको छ। यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै चालू आवमा सबै वडामा सञ्चालन गरिने जनाइएको छ। (रासस)
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया