जिरीमा फुड फेस्टिभल

तस्बिरः बिएल

जिरी–विजया दशमी र दिपावलीको अबसर पारेर युवा सञ्जाल जिरीले शुक्रबारदेखि दोलखाको जिरी बजारमा ‘स्ट्रिट फुड फेस्टिभल’ सुरु गरेको छ । जिरीको पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउन महोत्सव गरिएको सञ्जालका अध्यक्ष केन्द्र ज्योति खड्काले बताए ।

महोत्सवमा खानाका विभिन्न परिकार राखिएको छ । महोत्सवको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईले भने, ‘आन्तरिक र बाह्य पर्यटकको आकर्षण केन्द्र जिरीमा अबरुद्ध हवाई सेवा सुचारु गर्न पहल गर्नेछु ।’

कार्यक्रममा पूर्व राज्यमन्त्री तथा नेकपाका जिल्ला इन्चार्ज देवी खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायतले मर्यादित पर्यटनमा जोड दिएका थिए ।

कार्यक्रममा जिरीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने पत्रकार अमृत भादगाउँले, मन्थली उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापा, निर्माण व्यवसायी नारायण प्रधान र जिरीका युवा पासाङ शेर्पालाई सम्मान गरिएको थियो ।

महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: : 2019-10-18 17:59:49

प्रतिकृया दिनुहोस्