
अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । यस घटनामा परी अन्य ८५ जना घाइते भएका जाबुल प्रान्तका गभर्नरले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
अफगानिस्तानको जाबुल प्रान्तमा तालिबानी लडाकू समूहले गरेको यो पछिल्लो हिंसात्मक घटना हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक अमेरिकी सेनाबाट फिर्ता लिने सम्बन्धमा तालिबानसँगको वार्ता समाप्त गरेपछि हिंसा बढेको पाइएको छ ।
आज बिहान जाबुलको कलाट शहरमा भएको कारबम राष्ट्रिय सुरक्षा निर्देशालयलाई लक्षित भएको बताइएको छ । उक्त हमलामा सोही स्थानमा अवस्थित रहेको जाबुलको क्षेत्रीय अस्पताल नष्ट भएको बताइएको छ ।
जाबुल प्रान्तका प्रान्तीय परिषदका प्रमुख अता जान हकबायानले भने उक्त घटनामा २० व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएको बताएका छन् । बम विष्फोटको तालिबान लडाकू समूहका प्रवक्ता, कारी यसुफ अहमदीले दाबी गरेका छन् । उनका अनुसार यस आक्रमण राष्ट्रिय निर्देशनालयबिरुद्ध भएको हो ।
यसै हप्ताको शुरुमा राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका दुई ओटा विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको यस विस्फोटमा परी मारिने र घाइते हुनेमा महिला तथा बालबालिकासमेत रहेका थिए ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया