
बिएल संवाददाता
नेपालकी रसिला तामाङले चीनमा आयोजना भएको जियाओजी माउन्टेन क्रसिङ प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन्।
मंगलबार भएको ५० किलोमिटरको यो स्पर्धामा उनले निर्धारित दूरी ८ घण्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरिन्।
धादिङको धुनीबेसी नगरपालिका–२ घर भएकी २० वर्षीया रसिला ट्रेल रेसकी उद्यमान धाविका हुन्। प्रतियोगितामा ३ सय ५० जनाले भाग लिएका थिए। रसिलाले नेपालमा आयोजना भएको एभरेस्ट म्याराथनमा पनि पहिलो स्थान हासिल गरेकी थिइन।
यही स्पर्धाअन्तर्गत पुरुषतर्फ दुर्गराज बुढा दोस्रो र दामोदर बुढा तेस्रो भए। दुर्गराजले स्वर्णबाट केही सेकेन्डले मात्र चुके। उनले ६ घन्टा ४६ मिनेट ५५ सेकेन्डमा दौड पुरा गरेका थिए। पहिलो भएका चीनका याङ लुक फेइले ६ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा दौड पुरा गरेका थिए। दामोदरले ७ घन्टा ८ मिनेट २१ सेकेन्डमा रेस पुरा गरे।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया