
बिएल संवाददाता
मदन भण्डारी स्पोर्ट्स एकेडमी भारतद्धारा आयोजना भएकाे पहिलाे क्रिकेट प्रतियाेगितामा जित हात पार्ने खेलाडीका लागि आयाेजित पुरस्कार वितरण समाराेहमा नेपालका चर्चित दाेहाेरी गायक कृष्ण कँडेल राजधानी नयाँ दिल्ली आउने भएका छन्।
यस अवसरमा एबिसि ईन्द्रेणीको विशेष सांस्कृतिक प्रस्तुति १९ जनवरीमा हुने आयाेजकले जनाएकाे छ। कँडेल आफ्नाे प्रस्तुति दिन पहिलाे पटक दिल्ली आउन लागेका हुन्।
पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट प्रतियाेगिता १९ डिसेम्बरमा दिल्लीमा भएकाे थियाे। मदन भण्डारी स्पाेर्ट्स एकेडमीले भारतमा वैधानिकता पाएपछि विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आइरहेकाे छ।
कँडेलको नेतृत्वमा एबिसि ईन्द्रेणीको विशेष सांस्कृतिक प्रस्तुति सामुदायिक भवन,एन्ड्रियुज गञ्ज,नयाँ दिल्लीमा हुने आयाेजककाे भनाई छ। मदन भण्डारी स्पाेर्ट्स एकेडेमी भारतका प्रवास इन्चार्ज गोपाल थापाले प्रवासस्थित सम्पूर्ण संघसंस्थाका प्रतिनिधि तथा संगीतप्रेमी महानुभावलाई निमन्त्रणा समेत गरेकाे छन्। कार्यक्रममा इन्द्रेणीको सिंगो टिम, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति हुने बताइएकाे छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया