लाहुर जाने चाह थियो, बने खेलाडी

लिलाधर वली

काठमाडौं

गाउँमा लाहुरेको छुट्टै सान हुन्थ्यो। उनीहरूलाई गाउँमा सबैले मान्थे। लाहुरेले जागिरका क्रममा पैसासँगै इज्जतसमेत कमाएका हुन्थे।

त्यही भएर होला, गाउँका युवा सके ‘ब्रिटिस आर्मी’ या ‘इन्डियन आर्मी’ हुन्थे। त्यो पनि नभए नेपाल आर्मी र नेपाल पुलिसमा जागिर खान चाहन्थे।

उनलाई पनि सानो छँदा सके ब्रिटिस या इन्डियन आर्मी बन्ने चाहना थियो।

त्यही रहर पूरा गर्नकै लागि सुरुमा उनले खेल सिक्न थाले।

खेल क्षेत्रमा लाग्दा आफूलाई सेनामा भर्ती हुन जाँदा सहज होस् भन्ने चाहना थियो बक्सिङ खेलाडी भूपेन्द्र थापाको। इन्डियन आर्मीमा भर्नाका लागि एक पटक गए पनि। तर, सफल हुन सकेनन्।

त्यसपछि भने उनी भर्ना हुन फेरि गएनन्। किनकि, लाहुरे बन्नेभन्दा पनि खेलाडी बनेर नाम राख्ने चाहनाले जितिसकेको थियो।

प्रकाशित मिति: : 2020-01-17 14:48:32

प्रतिकृया दिनुहोस्