बिएल संवाददाता
नेपाल भलिबल संघको आयोजनामा पाँचौ एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० शुक्रबारबाट सुरु भएको छ।
च्याम्पियनसिपको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्माले भलिबल सर्भिस गरेर उद्घाटन गरेका हुन्। दशरथ रङ्गशाला कभर्डहलमा सुरु भएको च्याम्पियनसिपको पहिलो खेलको पुरुष तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले पहिलो जित निकालेका छन्।
ग्रुप ए को पहिलो खेलमा त्रिभुवन आर्मीले आरजी भलिबल ग्रुपलाई ३ – ० को सेटमा पराजित ग¥यो। पहिलो सेटमा २५–९ ले जित निकालेको त्रिभुवन आर्मीले दोश्रोमा २५–१६ र तेश्रो सेटमा २५–९ ले पराजित गर्दै अंक जोड्न सफल भयो।
यस्तै ग्रुप बीको दोश्रो खेलमा एपिएफले बुलबुले रारा क्लबलाई ३–१ सेटमा पराजित गर्न सफल भयो। तीन अंक जोड्ने क्रममा एपिएफ पहिलो सेटमा बुलबुले क्लवसंग २३–२५ले पछि प¥यो। तर एपिएफ दोश्रो सेटमा २५–१३, तेश्रोमा २५–२० र चौथोमा २५–१८ को जित निल्दै अगाडी बढ्यो।
महिला तर्फ ग्रुुप ए को पहिलो खेलमा न्यू डायमन्डले कठिन जित निकाल्यो। पुलिस संग पहिलो सेटमा १७ – २५ ले पछाडी परेको डायमन्ड दोश्रो सेटमा २५–१८ को जित निकाल्न सफल भयो। तर फेरी चौथो सेटमा २३–२५ को झिनो अन्तरले पछाडी परेको डायमन्डले चौथो सेटमा २५–१८ र अन्तिम तथा डिसाईडिङ्ग सेटमा १५ – ११ ले पुलिसलाई पछि पार्दै ३ अंक बटुल्न सफल भयो।
प्रतियोगिताको दोश्रो दिन शनिबार पहिलो खेल बिहान महिला तर्फको एपिएफ र जावलाखेल भलिबल सेन्टर विच हुने कार्यक्रम रहेको छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया