बञ्जीका लागि बनाइएको २२८ मिटर अग्लो कुश्मा-बाग्लुङ पुलमा टक्क अडिँदा . . .

तस्बिर : सेतोपाटी

उर्लिरहेको बैंशमत्त कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल। दायाँबायाँ ४/४ वटा लठ्ठामा झुन्डिएको सस्पेन्सन ब्रिज (झलुङ्गे पुल) नेपालमै यो डिजाइनमा पहिलो पटक बन्दै छ। हो, यो त्यहीँ ठाउँ हो जहाँ अबको केही महिनामा एड्भेन्चरस् र थ्रिलको रूपमा चिनिने विश्वकै दोस्रो अग्लो ठाउँमा रहेको बञ्जी खेल खेलाइने छ। उसै त मलाई एड्भेन्चरस् गतिविधिले छिट्टै तान्छ। झन् यो ठाउँमा पुगेपछि मन नलोभिने कुरै भएन।

गत साता पारिवारिक कामले बाग्लुङ जाने जुरेको थियो। त्यही दौरान बाग्लुङ पुगेर फर्कंने क्रममा पर्वतको सदरमुकाम कुश्मामा रोकिएँ। हुन त अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित छन पर्वत र बाग्लुङ। झन् अहिले दुई जिल्ला(पर्वत र बाग्लुङ) जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्दैछ। जुन तयारी अवस्थामा त यति आकर्षक र मनमोहक छ भने झन् बनिसकेपछि कस्तो होला! सम्झेरै आन्नदको अनुभूति हुन्छ।

प्रकाशित मिति: : 2020-01-19 03:52:06

प्रतिकृया दिनुहोस्