
बिएल संवाददाता
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ।
शुक्रबार बिहान भएको खेलमा उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लिग लिडर लिभरपुलले अपराजित यात्रा कायमै राखेको हो।
लिभरपुलको जितमा कप्तान जोर्डन हेन्डरसन र रोबर्टो फिर्मिन्होले गोल गरे। उल्भ्सका राउल जिमेनेजले एक गोल फर्काए।
आठौं मिनेटमा हेन्डरसनले लिभरपुललाई अग्रता दिलाएका थिए। उनले कर्नर बलमा हेडमार्फत गोल गरेका थिए।
५१ औं मिनेटमा घरेलु टोली बराबरी गोल फर्कियो। उसका लागि जिमेनेजले गोल गरे।
यस्तै फिर्मिन्होले खेल सकिन ६ मिनेट अगाडी गोल गर्दै लिभरपुललाई जित दिलाए।
जितसँगै लिभरपुलले अंक तालिकामा १६ को अग्रता लिएको छ। लिभरपुलले लिगका पछिल्ला १४ खेलमा जित निकालेको छ। लिभरपुल प्रिमियर लिगको ४० खेलमा अपराजित रहने तेस्रो टिम बनेको छ।
शीर्ष स्थानको लिभरपुलले २३ खेलबाट ६७ अंक जोडेको छ। उल्भ्स ३४ अंक सहित सातौ स्थानमा छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया