सशस्त्रको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ थापालाई

सशस्त्र प्रहरीका अवकास प्राप्त नायव महानिरीक्षक माधवबहादुर थापालाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ।

१९ औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सो पुरस्कार सहित सम्मान गरेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी उत्कृष्ट बाहिनी घोषित भयो। प्रधानमन्त्रीले मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ को पुरस्कार दिएका थिए।
 

प्रकाशित मिति: : 2020-01-24 20:13:41

प्रतिकृया दिनुहोस्