बिएल संवाददाता
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा माली करिब एक वर्ष कोर्ट बाहिर रहने भएकी छिन्।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा पाँचौ संकरणको राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत गत शुक्रबार भएको खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबकी प्रतिभाले एपीएफविरुद्धको फाइनल खेलको दौरान देब्रे घुँडाको चोट बोकेकी थिइन्।
एपीएफविरुद्ध स्पाइक गर्ने क्रममा प्रतिभा लड्न पुगेकी हुन्। चोट बोकेपछि उनलाई तत्काल त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल लगिएको थियो।
न्यू डायमण्ड स्पोर्ट्स क्लबका अध्यक्ष तथा व्यवस्थापक सुनकेशरी मालीले प्रतिभाको घुँडाको लिगामेन्टमा चोट देखिएको र शल्यक्रिया गर्नुपर्ने जानकारी दिइन्। ‘शल्यक्रिया केही दिनमा नै सुरु हुनेछ।’ उनले भनिन् ‘शल्यक्रिया सफल भएकाे खण्डमा पनि लामाे समय काेर्ट बाहिर नै बस्नु पर्ने छ।’
ब्लु क्रस हस्पिटलका अर्थोपेडिक सर्जन प्रज्वल मान श्रेष्ठ र घुँडा विषशज्ञ डाक्टर रुपेश श्रेष्ठले प्रतिभाको चोट हेरिरहेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया