सोमबार, ०८ सेप्टेम्बर २०२५

कलङ्कीको अण्डरपासमा टिप्परले ठक्कर दिँदा दुई जनाको ज्यान गयाे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।

बुधबार राति टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई कलङ्कीको अण्डरपासमा टिप्परले पछाडिबाट ठक्कर दिएको थियो। ठक्कर दिने टिप्पर र चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ। 

बिहिबार, माघ २३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!