उपसभापति गच्छदारको बचाउँमा गर्‍यो भातृसंगठनले प्रदर्शन

बिएल संवाददाता

काठमाडाै‌ं

उपसभापति विजयकुमार गच्छदारको बचाउँमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको भातृसंगठन तरुण दल र नेविसंघले विरोध प्रदर्शन गरेको छ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति गच्छदारविरुद्ध पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै कांग्रेसका कार्यकर्ताले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले आयोगले भ्रष्टाचारको नाममा दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई कारबाही गरेको आरोपसम्म लगाए। 

निर्दोषलाई फसाउन पाइँदैन, भ्रष्टाचार सरकार चाहिँदैन, विभेद र पूर्वाग्रह मानिँदैन, संवैधानिक निकायहरूमा सरकारी हस्तक्षेप बन्द गर, काण्डैकाण्डको सरकार चाहिँदैनलगायत नारा लगाएर उनीहरूले प्रदर्शन गरेका हुन्।

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले कांग्रेसका उपनेता गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको थियो। यही मुद्दाले कांग्रेसले दोस्रो दिनपनि अर्थात शुक्रबार पनि संसद अवरुद्ध गरेको छ।

प्रकाशित मिति: : 2020-02-08 03:32:31

प्रतिकृया दिनुहोस्