ओमानले दियाे अमेरिकालाई २७७ रनको विशाल लक्ष्य, दुई खेलाडीले हाने शतक

बिएल संवाददाता

काठमाडाै‌ं

ओमानले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई २७७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७६ रन बनाएको हो।

टिमको स्कोर ३१ हुँदा २ विकेट गुमाएको ओमानी इनिङ्स कप्तान जिसन मक्सुद र उपकप्तान अकिब इल्यासले सम्हाल्दै दोहोरो शतकिय साझेदारी गरेका थिए।

तेस्रो विकेटका लागि यी दुईले २१६ रनको साझेदारी गरे। ४७औं ओभरको चौथो कलमा कप्तान मक्सुदलाई अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले स्टेभेन टेलरबाट क्याचआउट गराएपछि यो साझेदारी टुटेको थियो। मक्सुदले १०९ बल खेल्दै १० चौका र ४ छक्काको मद्दतमा १०९ बनाए।

ओमाना लागि ओडीआईमा शतक बनाउने उनी दोस्रो खेलाडी बने। यसअघि नेपालविरुद्ध अकिब इल्यासले पहिलो ओडीआई शतक प्रहार गरेका थिए।

उनले १२३ बल खेल्दै ११ चौका र १ छक्का मद्दतमा १०५ रन बनाए। ओमानका सन्दीप गौडले अविजित १३ रन बनाए।

अमेरिकाका लागि कप्तान नेत्रभाल्करले १० ओभरमा ३ मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए। 

यस्तै रस्टी थेरोनले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए।

प्रकाशित मिति: : 2020-02-12 02:24:50

प्रतिकृया दिनुहोस्