
बिएल संवाददाता
राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमान र अमेरिकासँग आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा धेरै कुरा सिक्न पाएको बताएका छन्।
बुधबार त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गरेपछि ज्ञानेन्द्रले सो कुरा बताएका हुन्।
‘हामीले ओमानका ब्याट्सम्यानबाट धेरै कुरा सिक्न पर्छ’, उनले भने ‘ब्याट्सम्यानले सुरुवात पाईसकेपछि जसरी अन्त्य गरे,त्यसरीनै हामीले सुरुवातलाई ठूलो इनिङमा बदल्दै फिनिसिङ गर्न सक्नुपर्छ।’
उनले सिरिजको खेल जितका साथै अन्तय गर्न चाहेको बताए। ‘सिरिजको अन्तिम खेल भएको हुँदा हामीले जितको साथनै अन्त्य गर्न चाहन्थ्यौं। सन्दीप र सुशनले जसरी बलिङ गरे त्यसले आशा गरेको भन्दा राम्रो गरे। उनीहरुले राम्रो खेल्दा नतिजा चाँडो आयो’, ज्ञानेन्द्रले भने।
सिरिजबाट धेरै कुरा सिक्न पायौं र आगमी दिनमा धेरै राम्रो गर्न सक्छौं। ’नयाँ नयाँ खेलाडिहरु पनि छन्। अब ओडिआई साइकलबाँकी छ। यसमा अझै होमवर्क गर्न बाँकी छ। अझै हाम्रो चान्स छ। हामीले ओमान र अमेरिकासँग खेलेका छै। अन्य खेल बाँकी नै छ’, उनले भने
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया