आइतबार, ०७ सेप्टेम्बर २०२५

प्रिमियर लिग: लिभरपुलकाे अपराजित यात्रा कायमै, मानेको निर्णयक गोल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

इंग्लिस प्रिमियर लिग शीर्ष स्थानको लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १–० गोल अन्तरले हराउँदै लिभरपुलले अपराजित यात्रा कायमै राखेको हो।

लिगको अन्तिम स्थानमा रहेको नर्विचलाई हराउने क्रममा लिभरपुलका मिडफिल्डर साडियो मानेको गोल नै निर्णयक बन्यो। उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै जारी लिगमा अपराजित रहेको लिभरपुलले २६ खेलबाट ७६ अंक बनाएको छ। यता दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ खेलबाट ५१ अंक रहेको छ।

यस्तै तेस्रो स्थानको लेस्टर सिटीको २६ खेलबाट ५० अंक रहेको छ। यता पराजित नर्विच सिटीको समान खेलबाट १८ अंक रहेको छ। नर्विच २० औं स्थानमा रहेको हुँदा यसपटक रेलिगेशनमा पर्ने लगभग पक्का रहेको छ।

यता अर्काे खेलमा साउथह्याम्टन पराजित भएको छ। 

शनिबार भएको खेलमा घरेलु टोली साउथह्याम्टन २–१ गोल अन्तरले वर्नलीसँग पराजित भएको हो।

वर्नलीका लागि एस्ले वेस्टउड र माटेज भ्याड्राले एक एक गोल गरेका थिए। यता साउथह्याम्टनका ड्यानी ईङ्सले एक गोल फर्काए। 

खेलको दोस्रो मिनेट मै वर्नलीले अग्रता लिएको थियो। उसका लागि वेस्टउडले गोल गरेका थिए।

साउथह्याम्टन १८ औं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि ईङ्सले गरेको प्रहार सिधै जाली चुमेको थियो। 

पहिलो हाफ बरारबरी खेलेको वर्नलीले दोस्रो हाफमा दवदवा जमायो। फलस्वरुप ६० औं मिनेटमा भ्याड्राले गोल गर्दै वर्नलीलाई जित दिलाए।

जितसँगै वर्नली ३४ अंकका साथ तालिकाको दसौं स्थानमा उक्लिएको छ। 

पराजित साउथह्याम्टन ३१ अंकसहित तालिकाको १३ औं स्थानमा छ।
 

आइतबार, फाल्गुण ०४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)