
बिएल संवाददाता
गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ कार्य समितिको चयन गरेको छ ।
जसको उपाध्यक्षमा प्रथम उपाध्पक्षमा मितेरी ट्रक्सका सञ्चालक किसमकुमारी गुरुङ, द्धितिय उपाध्यक्षमा डिलमाया ट्रक्सका सञ्चालक विकास गुरुङ, महासचिवमा मनश्री ट्राभल्स एण्ड टुर्सका सञ्चालक अभिलास गुरुङलाई चयन गरेको छ ।
यस्तै कोषाध्यक्षमा होटल शान्तिका सञ्चालक सीता गुरुङ र सदस्यहरुमा रक लेन्ड रेष्टुरेन्टका सञ्चालक कुमार गुरुङ, होटल प्याराडाइज इनका सञ्चालक जुबु गुरुङ, होटल दिदीका सञ्चालक विष्णु गुरुङ (एकता), पिस प्यागोडा ट्रक्सका सञ्चालक राजेन्द्र गुरुङ, फेन्टियर्स प्याराग्लाइडिङका सञ्चालक भुपाल गुरुङ, जाम जाम ट्रक्सका सञ्चालक कन्यप्रसाद गुरुङ, स्टार कटेजका सञ्चालक मान सिं गुरुङ, होटल लेक भ्यालीका सञ्चालक अनिल गुरुङ छन्।
यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले नेपालमा व्यवसायीहरुका लागि लगानी गर्ने सुनौलो समय रहेको भन्दै काठमाडौंमा मात्रै केन्द्रित रहने व्यवसायीले पोखरा र गण्डकी प्रदेशलाई पनि लक्षित गर्दै आफनो लगानी बढाउन आग्रह गरेका थिए।
गण्डकी प्रदेश पर्यटकीय र प्राकृतिक दृष्टिकोणले नेपालकै उत्कृष्ट प्रदेश रहेको भन्दै यहाँको पूर्वधार विकासका लागि पनि आफूहरु तीव्र गतिमा अघि बढी रहेको बताए।
मानिसलाई भाग्ले जीवनमा एकपटक मात्र ढोका ढक्ढक्याउने आउने भन्दै व्यवसायीलाई पनि यतिबेला अवसरले ढक्ढक्याएको र यतिबेला त्यो अवसरलाई चिन्न नसके सधैलाई पछि परिने उनको भनाई छ ।
गुरुङहरु समयसँगै परिवर्तन हुननसके अझै पछि परिने भन्दै कतिपय आनीबानी र ढिला सुस्तीलाई सुधार गरेर अघि वढनुपर्ने बताए।
कार्यक्रममा संघका निर्वतमान अध्यक्ष बोबरजंग गुरुङले आफूहरु सबै क्षेत्रसँग हातमालो गर्दै अघि बढन चाहेको भन्दै व्यवसायीको समस्य सरकारले पनि सुन्नुपर्ने बताए।
यस्तै जिटिनका संस्थापक केन्द्रिय अध्यक्ष कूलबहादुर गुरुङले संघले थुप्रै नेतृत्वकर्ता जन्माउन सफल भएको र एकलाई पर्दा अर्कोले सहयोग गर्ने परिपाटी बसालेको भन्दै आफूहरु जहाँ जता गए पनि जिटिनको गुन नबिर्सने बताए।
कार्यक्रमा संघका वर्तमान केन्द्रिय अध्यक्ष अम्बिर गुरुङ, निर्वतमान अध्यक्ष कमला गुरुङ, माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, तमू सञ्चारकर्मी संघ कास्कीका अध्यक्ष शान्ति गुरुङ लगायतले बोलेका थिए।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया