सोमबार, ०८ सेप्टेम्बर २०२५

लिभरपुल च्याम्पियन्स लिगका लागि छनोट

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

लिभरपुल च्याम्पियन्स लिगका लागि छनोट भएको छ। 

इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति चेल्सी घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएपछि लिभरपुलले लिगको शीर्ष ४ पक्का गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको हो।

प्रिमियर लिगका शीर्ष ४ टोलीले च्याम्पियन्स लिग खेल्न पाउने छन्। जस अन्तर्गत लिभरपुलले लिग नसकिदै शीर्ष ४ पक्का गरेको हो।

यस सिजन उपाधि नजिक रहेको लिभरपुलले पाँचौं स्थानको टोटनहमविरुद्ध ३६ अंकको अग्रता बनाएको छ। लिगमा १२ खेल बाँकी रहेको छ।

अब बाँकी खेलमा खराब प्रदर्शन गर्दै सबै खेल गुमाएपनि लिभरपुल शीर्ष ४ मा रहनेछ। लिभरपुलको ७६ अंक रहेको छ। यससँगै लिभरपुल २४ औं सिजनकाे च्याम्पियन्स लिगमा छनोट भएको हो। टोटनह्यामको ४० अंक रहेको छ।

यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१, तेस्रो लेष्टर सिटीको ५० र चौंथो चेल्सीको ४१ अंक रहेको छ।

मंगलबार, फाल्गुण ०६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)