गोवाको समुद्र किनारमा साराकाे बोल्ड ‘पोज’ (फोटोफिचर)

बिएल संवाददाता

काठमाडाै‌ं

‘केदारनाथ’ र ‘सिम्बा’ चलचित्र काम गरेकी अभिनेत्री सारा अली खान निकै कम समयमै बलिउडमा जमिन् । अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी साराकाे ‘केदारनाथ’ पहिलो चलचित्र भए पनि निकै राम्रो अभियन गरेको भन्दै प्रशंसा भयो। यो चलचित्रले बक्स अफिसमा पनि राम्रो गरेको थियो ।

त्यसपछि प्रदर्शनमा आएको रनवीर सिंह, अजय देवगणसहितको अभियन रहेको रोहित शेट्टीको चलचित्र सिम्बामा साराको भूमिका तुलनात्मक रुपमा छोटो भए पनि उनको अभियन रुचाइयाे ।

सुरुका दुई चलचित्र नै बक्स अफिस र समीक्षकको नजरमा राम्रो भएपछि पनि आफू भने सामान्य युवती नै रहेको साराले बताउने गरेकी छन् ।उनले  पाएको प्रशंसा र सबैको आकर्षणाले आफूलाई कुनै असर नगर्ने बताउँदै आएकी छन् र उनले आफू पहिलेको जस्तै सामान्य युवाती रहेको बताएकी छन् ।

सारालाई चलचित्रमा जस्तै उनका हरेक अन्तर्वार्तामा रुचाइएको छ। उनको बौद्धिक क्षमता र स्पष्ट रुपमा बोल्ने बानीलाई अधिकांशले रुचाएका छन् । यसका अलवा सारालाई प्रायः ड्रेसिङ सेन्स र फोटोमा पनि उस्तै रुचाइन्छ।

छुट्टै अदा र उत्कृष्ट अभिनयले गर्दा हाेला सारालाई धेरैले बलिउडको आउँदो सुपरस्टारका रुपमा लिन्छन्। केही समयअघि निदेर्शक रोहित शेट्टीले साराले करिना कपुरको ठाउँ लिन बताएका थिए।

यसाे त उनी अहिले गोवामा परिवारसँग बिदा मनाउँदैछिन्। उनले गोवाको समुद्र किनारबाट आफ्ना केही बोल्ड फोटोहरु समाजिक संजालमा शेयर गरेकी छिन्। त्यो पनि बिकिनी टप र मिन शर्ट्समा। 

उनले शेयर गरेको फोटोहरु फ्यानहरुले निकै मन पराएका छन्। कालो बिकिनी टपको साथमा सेतो मिनी शर्टमा सारा ग्ल्यामरस देखिएकी छिन्। यसअघि पनि साराले गोवाबाटै फोटो शेयर गरेकी थिइन् । गोवामा सारा भाइ अमृत र आमा अमृता सिंहसँग छिन्।

प्रकाशित मिति: : 2020-02-23 05:22:55

प्रतिकृया दिनुहोस्