राष्ट्रपति ट्रम्पको सम्मानमा आयाेजित रात्रिभोजमा पूर्वप्रधानमन्त्री सिंह उपस्थित नहुने

बिएल संवाददाता

नयाँदिल्ली


भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्मानमा आयोजना हुने रात्रिभोजमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भाग नलिने भएका छन्। 

राष्ट्रपति रामनाथ कोविन्दले मंगलबार आयोजना गरेको रात्रिभोजमा सिंह नजाने भएका हुन्। 

यस्तै रात्रिभोजलाई कांग्रेस नेताहरुले पनि बहिस्कार गरेका छन्। राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सोनिया गान्धीलाई निमन्त्रणा नदिइिएपछि उनीहरुले सो समारोहमा भाग नलिने घोषणा गरेका हुन्।

दुई दिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मंगलबार राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिदैछ। उनलाई त्यहाँ गार्ड अफ अनर दिइनेछ।

त्यसपछि ट्रम्प र उनकी पत्नी मेलानिया राजघाट जाने कार्यक्रम रहेको छ। त्यहाँ उनीहरुले राष्ट्रपिताप्रति श्रद्धासुमन अर्पण गर्नेछन्। 

यो कार्यक्रमपछि प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीच हैदराबाद हाउसमा औपचारिक भेटवार्ता हुनेछ। त्यहाँ दुवै देशका प्रतिनिधिमण्डल उपस्थित रहनेछन्। 

ट्रम्प सोमबार भारत भ्रमणका क्रममा आहमदाबाद पुगेका थिए। उनले त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘रोड शो’ गरेका थिए। त्यसपछि ‘मोटेरा स्टेडियममा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा भाग लिएका थिए। त्यसपछि ट्रम्प पत्नी मेलानिया र छोरी–ज्वाइँका साथ ताजमहज हेर्न अगरा पुगेका थिए।
 

प्रकाशित मिति: : 2020-02-26 00:18:48

प्रतिकृया दिनुहोस्