
राउटे समुदाय आधुनिक मानव समाजभन्दा भिन्नै तरिकाले बाँच्छन् । उनीहरुको आफ्नै घर हुँदैन । तर, जंगल नै उनीहरुको साम्राज्य हो । उनीहरुको आफ्नै राज्य छ । जहाँ उनीहरुले चुनेका हुन्छन्, आफ्ना मुख्खे (मुखिया) ।
उनीहरुको साम्राज्यमा ‘नेपाल सरकार’ले चलाएको शासन चल्दैन । चल्छ त आफैंले बनाएको नीति र नियम । खस आर्य जातिको ठकुरी अन्तर्गत पर्ने राउटे सीमान्तकृत वर्ग हुन् ।
जंगलमै घुम्दै जीवनयापन गर्ने भएकाले उनीहरुको हातमा अझै ‘नागरिकता’ पुगिसकेको छैन । १ सय ५१ जनाको संख्यामा रहेका राउटे समुदाय नेपालको कर्णाली र मध्यपश्चिम क्षेत्रका घुम्दैफिर्दै जीवन चलाइरहेका छन् । केही समयअघिसम्म दैलेखको गाउँपालिकामा बसिरहेका उनीहरु त्यहाँ हिउँ पर्न थालेपछि ‘चिसो बढेको’ भन्दै सुर्खेत झरेका छन् ।
नागरिकताविहीन राउटे जातिलाई नेपाल सरकारले २०५२ सालदेखि मासिक ५ सय रुपैयाँ भत्ता दिन सुरु गरेको थियो । अहिले उनीहरु मासिक ३ हजार रुपैयाँ भत्ता बझ्दै आएका छन् । ‘सहरका राजाले खुब माया गर्छन् । जहाँ गया पनि भत्ता पठाउँछ । चामल पठाउँछ,’ राउटे महामुखिया मैनबहादुर शाही खुसी व्यक्त गर्छन् ।
नेपाली नागरिकताविहीन राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले ‘परिचय पत्र’ वितरण गरेको छ । आफ्नो ठाउँमा राउटेको परिवार सधैं बस्दैनन् भन्ने जानकारी हुँदा पनि गाउँपालिकाको विश्वास छ, ‘कम्तिमा नेपाली हुने एउटा परिचय दिएका छौं । अब संसारको जुन कुनामा गएपनि उनीहरु नेपाली परिचयपत्र बोकेर हिँड्ने छन् ।’
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया