बुधबार, १३ अगस्ट २०२५

हङकङमा कोरोना भाइरसका कारण कुकुरको मृत्यु !

एजेन्सी

एजेन्सी

काठमाडाै‌ं
News Image
• • •

हङकङमा कोरोना भाइरस ९कोभिड–१९० बाट सङ्क्रमित पहिलो कुकुरको मृत्यु भएको छ। १७ वर्षको पोमरैनियम व्रीडको कुकुर एक जना ६० वर्षीया महिलाको हो। 

गएको महिना परीक्षण गर्दा पोजेटिभ र यही महिना दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ देखिएपछि कुकुरलाई अस्पतालले छुट्टी दिएको थियो। बुधबार अस्पतालले कोरोनाको सङ्क्रमणबाट मुक्त घोषणा गरेर घर पुगै वितिकै कुकुरको मृत्यु भएको थियो।

कुकरकी मालिकलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको थियो। कुकुरकी मालिक गएको फेब्रुअरी महिनाको अन्त्यतिर कोरोना सङ्क्रमित भएको पाइएको थियो।  
 
साउथ चाइना मर्निङ्ग पोस्टका अनुसार हङकङ कृषि, मत्स्यपालन तथा संरक्षण विभागका प्रवक्ताले भने, ‘कुकुरकी मालिकमार्फत विभागले गएको १६ मार्चमा कुकुरको मृत्यु भएको थाहा पाएको थियो। कुकुरकी मालिकले मृत्युको कारण थाहा पाउनका लागि पोस्टमार्टम गर्न मानिरहेकी थिइनन्।’
 

शुक्रबार, चैत्र ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)