प्रितम पाण्डे
मेरी हजूर आमा
जन्मियो बालक बिचरा
आमाले सानैमा छोडिन्
हुर्कियो हजूरआमाको देखरेखमा
बाउलाई थिएन फुर्सद
आफ्नै व्यस्तताको कारण
हजूरआमाले बनाइन्
आजको मान्छे
जस्लाई प्रीतम भनेर चिन्दछन्
मेरी हजूर आमा ।।
मेरी हजूर आमा
तातो भातसँग
खट्टा बैगुन मन पराउने नातीलाई
खुवाई नाना परिकार खट्टा बैगुनको
पठाउनुहुन्थ्यो पाठशाला
गाउँदेखि तीन माइल टाढा
रोजीमा पाएको पैसा पाउँथेँ
पाठशालाको खर्च भनेर
मेरी हजूर आमा ।।
मेरी हजूर आमा
खेताला पर्म जाँदा पनि
नातिले मन पराउने खाजा
आफू नखाई... पटुकीमा बाँधेर
ल्याउनुहुन्थ्यो मेरा लागि
मैले खाएको देखेर
प्रफुल्लित मेरी हजूर आमा
मेरो नाति विद्वान बनोस् भन्ने
चाहना संग्रेलिकी हुन्थिन्
मेरी हजूर आमा ।।
मेरी हजूर आमा
परीक्षा दिएँ एसएलसीको
तर भएँ अनुतीर्ण
मन पोखियो कलाकारितामा
शिक्षाको राहमा पुग्यो बाधा
सकिन उक्लन माथि
कलामा नाम कमाए पनि
शिक्षामा नाम गुमाएँ मैले
कलामा नै उन्मुख भएर
नाच्दा र गाउँदामात्र
यहाँ ताली बज्ने रहेछ
अरूबेला त गाली र निन्दाले
पाली लिने रहेछ
भैसीको अघि बेण्ड बाजा भएछ
बानरलाई सुन्दर घर भएछ
मेरी हजुर आमा ।।
मेरी हजूर आमा
छोराको डाह र पीर
नसकेर खप्न जीवनमा
प्राण विसर्जन गरे झैं तिमीले
म पनि चाहन्छु विसर्जन गर्न
जीवनको यो पललाई
हजूरको स्वीकृति छ भने
मेरी हजूर आमा ।।
मेरी हजूर आमा
चाहिँदैन मलाई क्यै अब
शान्तिसँग सुविधासँग
यो संसारदेखि
मेरी प्रेमिकासँग
सुविधापूर्ण विदा लिन पाए
म मुक्त हुनेछु
म मोक्ष हुनेछु
यही छ अन्तिम चाहना
मेरी हजूर आमा ।।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया