५० हजार लगानीबाट सुरु भएको नेपा डान्स एकेडेमी यसरी बन्यो मुलुककै ठूलो डान्स स्कुल

ब्राण्ड स्टोरी

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले नेपालकै पहिल ब्राण्डिङ शो  'ब्राण्ड स्टोरीसुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियोकसरी हुर्कियोत्यसको जीवनमा के-कस्ता उतारचढाव आएकसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको सातौं शृंखलामा हामीले नेपा डान्स एकेडेमीलाई प्रस्तुत गरेका छौं।

 ब्राण्ड स्टोरी- ७ 

चार वर्षको उमेरदेखि डान्स गर्दै आएकी रोहिया महर्जनको लाइफ नै यतिखेर डान्समय भएको छ। ३२ वर्षीया रोहिया डान्समा लागेको पनि २८ वर्ष भइसकेको छ ।

काठमाडौंको ढल्कोस्थित नेपा डान्स एकेडेमी नामक डान्स स्कुल स्थापना गरेर यसको प्रमुखको रूपमा कार्यरत रोहियाले कुमारी डान्सबाट डान्स यात्रा सुरु गरेकी थिइन्।

बुगिबुगी, भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा समेत कोरियोग्राफर गरिसकेकी उनले पछिल्लो समय आफू गर्ने भन्दा पनि आफूले बनाएको प्लेटफर्ममा अरूलाई सिकाउन थालेकी छन्।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कार जितिसकेको रोहियाले अहिले आफूजस्तै नयाँ विद्यार्थी उत्पादन गर्न नेपा डान्स एकेडेमी चलाएर बसेकी छन्।

२०१० मा साथी रिया महर्जनसँग मिलेर खोलेको यो डान्स स्कुल नेपालमै फरक र गुणस्तरीय स्कुल भएको महर्जनले बिएल ब्राण्ड स्टोरीसँग भनिन्।

‘यसले प्राक्टिकल सँगै थ्यौरीको पनि शिक्षा दिन्छ। भारतको इलाहावाद विश्वविद्यालयसँग सम्बन्धन लिएर कथक डान्सको परीक्षा दिने यो नै नेपालको एक मात्र डान्स स्कुल हो’, उनले भनिन्।

१५ जना विद्यार्थीबाट सुरू गरेको यो डान्स स्कुलले अहिलेसम्म करिब २० हजार जना विद्यार्थीलाई नृत्य सिकाइसकेको छ।

दुई जनाले ५०-५० हजार रूपैयाँ ऋण खोजेर सुरू गरेको यो एकेडेमी कसरी अहिलेको स्थितिसम्म आइपुग्यो?, ब्राण्ड बन्नका लागि यसले गरेका संघर्ष, उतारचढाव र सफलतालाई बिएल ब्राण्ड स्टोरीले यसरी प्रस्तुत गरेको छ। हेर्नुहोस् ब्राण्ड स्टोरीको सातौं श्रृंखलामा नेपा डान्स एकेडेमी...

 ब्राण्ड स्टोरी शृ‌ंखला  

ब्राण्ड स्टोरी-६   ब्राण्ड स्टोरीः संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी डिशहोम
ब्राण्ड स्टोरी-५ ब्राण्ड स्टोरीः युवा पुस्ताको रोजाई बिजी बी

 ब्राण्ड स्टोरी -४  ब्राण्ड स्टोरीः एपेक्स कलेज, जसले शिक्षा क्षेत्रमा नौलो प्रयोगको आँट गरेर सफल भयो

 ब्राण्ड स्टोरी- ३ कर्मचार्य ग्रुप, गुणस्तरमा सम्झौता कहिलै गर्दैन

 ब्राण्ड स्टोरी -२ ब्राण्ड स्टोरी:  नायिका श्वेता खड्का, रिसेप्सनिष्टदेखि सफल व्यवसायीसम्म

 ब्राण्ड स्टोरी -१  ब्राण्ड स्टोरीः ‘राष्ट्रको सञ्चार’ को १०० वर्षे इतिहास

प्रकाशित मिति: : 2020-03-26 00:06:00

प्रतिकृया दिनुहोस्