सरकारको दाबी र ठूला अस्पतालका आईसीयु बेडको यथार्थ

देशसञ्चार

काठमाडाै‌ं

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा आफ्नो तयारी तीब्र पारेको दाबी गर्ने सरकारको त्यसबाट हुन सक्ने सिकिस्त बिरामीका लागि अत्यावश्यक आईसीयु र भेन्टिलेटर सेवा भने निकै कमजोर पाइएको छ। यस्तै हालै कोभिड–१९को उपचारलाई लक्षित गर्दै २० बेडको आईसीयु थप्न सरकारले अस्पतालहरुलाई दिएको निर्देशन कार्यान्वयन पनि तत्कालै सम्भव देखिन्न।

पटकपटक मुलुकमा विपद् या असहज परिस्थिति आइपरेपनि आईसीयु जस्तो गम्भीर तथा संवेदनशील सेवा विस्तारमा सरकारले चासो नदेखाउँदा त्यसको नकारात्मक परिणाम झेल्नु पर्ने अवस्था सिर्जना भएको हो ।

आईसीयु सेवा विस्तार गर्ने या भेन्टिलेटर किन्ने पटकपटक निर्णय गरेको सरकारले त्यो ‘ह्यान्डल’ गर्ने दक्ष जनशक्तिको ‘टिम’ को विकास र त्यसको सही नेतृत्व छनौट गर्न नसक्दा अहिले कोभिड–१९ जस्तो विश्वभरी आतंक मच्चाइरहेको संक्रमण रोक्न र त्यसका सम्भावित सिकिस्त बिरामीको उपचार कसरी गर्ने भन्ने विषय खासगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई टाउको दुखाई बनेको छ। सरकारी र विश्वविद्यालयद्धारा सञ्चालित अस्पतालमा आइसीयु र भेन्टिलेटरसहितका आइसीयु कति छन् भन्ने यकिन तथ्याङ्क समेत छैन। हालै क्रिटिकल कियर सोसाइटीले गरेको टेलिफोन सर्भे अनुसार उपत्यकाका सरकारी तथा निजी अस्पताल गरी २५० वटा आईसीयु बेड छन्।

त्यसमाथि कोभिड–१९ जस्तो संक्रमणको उपचारका लागि चाहिने दक्ष जनशक्तिसहितको आइसीयु बेड १२० मात्रै छन्। उपत्यकाका खासगरी कोभिड–१९को उपचार गर्न तयार भएका भनिएका ठूला अस्पतालको आइसीयुको अवस्था कस्तो छ? त्यसलाई यहाँ संक्षिप्तमा केलाउने प्रयास गरिएको छ।

प्रकाशित मिति: : 2020-03-26 19:21:49

प्रतिकृया दिनुहोस्