काठमाडौंबाट उपत्यका छाड्न चाहनेलाई जान दिने तयारी

काठमाडौंबाट उपत्यका छाड्न चाहनेलाई  जान दिने तयारी

सरकारले दुई दिनका लागि काठमाडौंबाट उपत्यका छाड्नेलाई  बाहिर जान चाहनेलाई खुल्ला गर्ने तयारी गरेको छ । उपत्यकामा अड्केर बसेका व्यक्तिलाई गन्तव्यमा पुग्न दिन यस्तो तयारी गरेको हो ।

कोभिड–१९ राेकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका सदस्य शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसबारे समिति बैठकमा छलफल भएको बताए तर निर्णय चाहिँ  'कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर'  (सीसीएमसी) ले निर्णय गर्नेछ । 

'धेरै मान्छे अड्केर बसेका छन्, उनीहरुलाई कसरी जान दिने भन्नेबारे उच्चस्तरीय समितिमा छलफल भएकाे हाे, निर्णय चाहिँ उच्चस्तरीय समितिमा भएकाे छैन'. बिएल नेपाली सेवासँग पाेखरेलले भने, 'कसरी जान दिने वा लैजाने भन्ने  निर्णय सीसीएमसीले  टु‌गाे लगाउने छ ।'

प्रकाशित मिति: Apr 09, 2020 18:37:02

प्रतिक्रिया दिनुहोस

सबै