मिथिला नगरपालिकामा १ सय इनार बनाईँदै

वडासदस्य रम्बा साह बने ७ नं.को कार्यवाहक वडाध्यक्ष

लकडाउनको समयावधि बढ्दै जाँदा धनुषाको मिथिला नगरपालिकाले एकैपटक सय सयवटा इनार बनाउन सुरू गरेको छ।

मिथिला नगरपालिकाको लगानीमा ४० र वडा कार्यालयको लगानीमा ६० वटा गरि १ सय इनारको निर्माण थालिएको छ।

४४ वटा उद्योग र अत्यावस्यकीय कलकारखाना खोल्ने सरकारले निर्णय गरेको भोलिपल्ट मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले वडा नं.३ मा एकै दिन ३ वटा इनारको शीलान्यास गरेका थिए। बुधबार वडा नं. ३ मा पनि मेयर महतोले एकै दिन ३ वटा ईनारको शीलान्यास गरे।

शीलान्यास कार्यक्रममा भेटिएका वडा नं. १ का वडाध्यक्ष लक्ष्मी महतोले सिचाईँ लक्षित इनार निर्माण गर्न लागेको जानकारी दिए भने वडा नं. ३ का वडाध्यक्ष देव नारायण महतोले सिचाईँ र खानेपानी दुवैलाई सहज हुने गरि ईनार बनाउन लागेको बताए।

मिथिला नगरपालिकामा १३ वडा छन्। मिथिला नगरपालिकामा पर्ने ढल्केवर चोक प्रदेश नं. २ को मुटु मानिन्छ। खानेपानीको चरम अभाव झेल्दै आएको ढल्केवरमा केही समययता खानेपानी सहज हुन थालेको हो ।

‘मिथिला नगरपालिकामा अधिकांशले कृषी पेशा गर्दै आएका छन्। टमाटरको लागि ढल्केवर प्रसिद्ध छ। ढल्केवरको टमाटर काठमाडौं र भारतसम्म पुग्ने गरेको छ। कृषिलाई लक्षित गरेर चालु आर्थिक वर्षमा १ सय ईनार बनाउन नगरपालिका र वडामा बजेट विनियोजन गरिएको हो’, मेयर महतोले भने।

वडासदस्य रम्बा साह बने ७ नं.को कार्यवाहक वडाध्यक्ष

यसै नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष युवराज उप्रेतीको आकस्मिक निधन भएपछि रिक्त वडाध्यक्ष पदमा यसै वडाका वडासदस्य रामो साह तेली (रम्बा) लाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिईएको छ।

गएको आईतवार बसेको मिथिला नगर कार्यापालिकाको बैठकले ऐन अनुसार जेष्ठताको आधारमा साहलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको नगरप्रमुख हरिनारायण महतोले बताए।

गएको वैशाख १६ गते हृदयघातका कारण वडाध्यक्ष उप्रेतीको आकाश्मिक निधन भएको थियो। उप्रेती तत्कालिन एमाओवादी केन्द्रवाट वडाध्यक्षको उम्मेदवार बनेका थिए भने रम्बा तत्कालिन नेकपा एमालेबाट सदस्यको उमेदवार बनेर विजय भएका थिए।

उप्रेतीले सुरु गरेको विकास अभियानलाई आफूले पुरा गर्ने वाचा रम्बाले गरे। जनतामा आधारित मोडेलमा गाउँको विकास गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित मिति: : 2020-05-14 14:26:00

प्रतिकृया दिनुहोस्