टेकनारायण रिमाल ‘कौशिक’
यसपालि पऱ्यो लामो, ठाकठूक उनीसँग।
जोडिएको छ सम्बन्ध, हाम्रो जुनी जुनीसँग।
भन्थे परालको आगो, मुढाकै पो परेछ कि?
समातेँ दुइटै कान, के सक्नु बैगुनीसँग।
के अन्धो हुन्छ रे मायाँ? हराउँछ विवेक रे?
कतै झुक्किन्छ र प्रेमी,भ्रम भै मारुनीसँग?
अप्राकृत कहाँ हुन्छ, नैसर्गिक कुरा पनि!
आगोको कसरी हुन्छ, वितृष्णा त्यो धुनीसँग?
चुम्बकीय छ आकर्ष, ऋणको धनको यहाँ
ज्वलन्त उपमा नै छ, मेनकाको मुनीसँग।
तरु चन्दनकै भन्थिन्, शुरुका दिन भेटमा
उनैले पो अहो आज, दाँज्न थालिन् टुनीसँग।
मेरो विश्वासमा चक्कू, हाँसी हाँसी चलाउने
गुनासो म गरूँ खै के? किन रोऊँ खुनीसँग।
म हूँ दश दुनी मान्छे दुई फड्का अगाडि छु
भनिन् माझमुखैबाट, के जुझ्नु नौ दुनीसँग।
महाभारतको युद्ध, नदोहोराउने भए
फेरि जीवनको पासा नखेल्नू शकुनीसँग।
तथाकथित प्रेमी पो, रहेछु भर्खरै बुझेँ!!
अबदेखि म बस्नेछु,घरकी बाहुनीसँग।
हे मेरा प्रिय साथी हो! विन्ती छ दिलदेखि नै
भुलेर ‘नि नभुल्नू है! भट्टीकी साहुनीसँग।
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया