बाह्रखरी
ई. प्रवीण आचार्य
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड –१९ को संक्रमणबाट बच्न नेपालमा बन्दाबन्दी लागू गरिएको करिब दुई महिना पुगेको छ । दिनहुँ संक्रमित बढ्दै गएपछि बन्दाबन्दीको अवधि थप कडाइका साथ हाललाई जेठ २० गतेसम्म थप गरिएको छ । नेपाल सरकारले बन्दाबन्दी अपनाई थप कडाइ गरिरहँदा अर्थतन्त्रमा यसको प्रभाव तथा आगामी दिनमा नेपालले चाल्नुपर्ने कदमका विषयमा यो लेख तयार गरिएको छ ।
नेपालमा अवलम्बन गरिएको बन्दाबन्दीले कोरोना संक्रमितको संख्या न्यून राख्न सफल भएको सरकारी तर्क छ । तर, नेपालमा बन्दाबन्दी र विश्वमा कोरोनाको प्रभाव बढिरहँदा नेपालमा आर्थिकरुपले भने ठूलो समस्या आउने देखिएको छ । श्रम तथा रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार करिब ५५ देखि ६० लाखको संख्यामा नेपालीहरु विदेशमा कार्यरत छन् । केन्द्रीय तथ्यांक विभागको अर्को एक तथ्यांकअनुसार करिब १६ लाख जनशक्ति नेपालमा दैनिक ज्यालादारी गरी आफ्नो गर्जो टारिरहेका छन् । हाल बन्दाबन्दीका कारणले यस्ता दैनिक ज्यालादारी गर्ने र वैदेशिक रोजगारमा रहेका धेरै श्रमिकले आफ्नो रोजगारी गुमाइसकेका छन् । साउदी अरब र बहराइनमा कोरोनाका कारण रोजगारी गुमाउनेका लागि सहायताका कार्यक्रम ल्याउँदा विदेशीका लागि नल्याई आफ्ना नागरिकहरुका लागिमात्र ल्याइएको छ । यसैगरी दुबईमा कम्पनीहरुलाई विदेशी कामदारसँग गरिएका सम्झौता सहज तरिकाले तोड्न मद्दत गर्ने कानुन ल्याइएको छ भने कम तलब अनि बेतलबी बिदा लिन दबाब दिइएको छ । कुवेत सरकारले भिसा अवधि सकिएका विदेशी कामदारलाई यथाशक्य चाँडो फिर्ता गर्ने नीति लिएको छ । कोरोनाको प्रभाव लामो समयसम्म रहिरहेमा ठूलो संख्यामा नेपाली कामदार रोजगारी गुमाई विदेशबाट नेपाल फर्कनुपर्ने जोखिम बढेको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया