देखापढी
                                निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अनधिकृत रूपमा सेवा सञ्चालन गरेर आफ्ना ग्राहकबाट ४ अर्ब ४ करोड रूपैयाँ ठगी गरेको खुलेको छ। दूरसञ्चार कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले यो ठगी भएको ठहर गरेको हो।
एनसेलले दूर सञ्चार ऐन २०५३ र अनुमति पत्रको शर्तविपरीत विभिन्न स्किम र भ्यालु एडेड सर्भिस (भास) सञ्चालन गरेर ग्राहकबाट दुई वर्षको अवधिमा ४ अर्ब ४ करोड ५३ लाख रूपैयाँ अनधिकृत रूपमा असुल गरेको प्राधिकरणको सञ्चालन समितिले प्रमाणित गरेको हो।
एनसेलले १७ असार २०७३ देखि ३ मंसिर २०७६ सम्म ‘म्याजिक भ्वाईस’ नामको भ्यालु एडेड सर्भिस (भास) सञ्चालन गरेको र त्यसबाट १८ करोड ३४ लाख ६४ हजार ५६७ रूपैयाँ अनधिकृत रूपमा ग्राहकबाट असुल गरेको प्राधिकरणको अध्ययनबाट पत्ता लागेको छ।
त्यसैगरी, ‘लभ डिटेक्टर’ नामको भ्यालु एडेड सर्भिस (भास) सञ्चालन गरेर एनसेलले १५ करोड ४५ लाख ६३ हजार ३७९ रूपैयाँ ग्राहकबाट अनधिकृत रूपमा असुल गरेको प्राधिकरणको अध्ययनले देखाएको छ। देखापढीलाई प्राप्त विवरणअनुसार उसले १० माघ २०७३ देखि १ मंसिर २०७६ सम्म लभ डिटेक्टर नामको भास सञ्चालन गरेको प्राधिकरणको निचोड छ।
यस्ता सेवाहरू सञ्चालन गर्दा अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिनुपर्ने दूरसञ्चार ऐन २०५३ र एनसेललाई दिइएको अनुमति पत्रको शर्तमा उल्लेख गरिएको छ। एनसेलले कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी यी सेवा सञ्चालन गरेर ग्राहकबाट पैसा असुलेको हो।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया