अस्ट्रेलियामा सरकारी र निजी क्षेत्रलाई लक्षित गरेर साइबर आक्रमण, व्यक्तिगत डाटा चोरीको खुलासा

अस्ट्रेलियामा  सरकारी र निजी क्षेत्रहरू लक्षित गरेर साइबर आक्रमण गरिएको छ। समाचार एजेन्सी एएफपीले सरकारलाई उदृत गर्दै लेखेको समाचारमा हमला संगठित गिरोहले गरिरहेको हो वा यसको पछाडि कुनै देश छ भनेर छानबिन भइरहेको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले साइबर आक्रमण विदेशी संस्थाले अष्ट्रेलियाली निजी र सार्वजनिक क्षेत्रका संगठनहरूलाई लक्षित गरेको बताएका छन्।

उनले भने,‘हामीलाई थाहा छ यो जटिल छ। यो साइबर हमला गर्ने तरिकाको प्रकृति र लक्षित संस्थाहरूले यसको प्रभाव कति थियो स्पष्ट पारेको। अस्ट्रेलिया सरकार यी साइबर आक्रमणप्रति सतर्क छ।’

प्रधानमन्त्री मोरिसनले साइवर आक्रमणबाट कुनै जोखिमहरू उत्पन्न नभएको बताएका छन्। उनका अनुसार हालसम्म गरिएको अनुसन्धानमा धेरै मात्रामा व्यक्तिगत डाटा चोरीको खुलासा भएको छैन। 

तर उनले अष्ट्रेलियाली संगठनहरुलाई आफ्नो सुरक्षाको लागि उचित कदम चाल्न आवश्यक सल्लाह दिइएका छन्। 

अष्ट्रेलियाका सुरक्षा एजेन्सीहरूले यसको अनुसन्धान गरिरहेका छन्। प्रधानमन्त्री मोरिसनले भने,‘यस र अन्य धेरै विषयमा मैले गत रात (ब्रिटिश प्रधानमन्त्री) बोरिस जोनसनसँग कुरा गरेको थिएँ र सम्बन्धित अधिकारीहरूबाट निरन्तर जानकारी लिएको छु।अहिले हामी भन्न सक्दैनौं कि यसको पछाडि कुन देश छ। ’

साइबर हमलामा चीनको हात छ भन्ने प्रश्नमा प्रधानमन्त्री मोरिसनले अस्ट्रेलियाको सरकारले यस मामलामा सार्वजनिक आरोप नलगाएकाे बताए। 

प्रकाशित मिति: : 2020-06-19 07:16:33

प्रतिकृया दिनुहोस्