आइसीसीको भारतलाई सुझाव– म्याच फिक्सिङ रोक्न कडा कानुन बनाऊ

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले खेल मिलेमतो जस्तो जघन्य अपराधलाई रोक्न भारतले कडा कानुन लागु गर्नुपर्ने बताएका छ। 

आइसीसीको घुस विरोधी समितिका संयोजक स्टिभ रिचर्डसनले भारतले ‘म्याच फिक्सिङ’ लाई अपराध घोषित गरेको खण्डमा यसलाई रोक्न सकिने बताए। 

उनले भारतमा कडा कानुन नभएका कारण क्रिकेटमा भएको भ्रष्टाचारको छानवीन गर्दा अधिकारीहरूको हात बाँधिने गरेको बताए। रिचर्डसनले इएसपीएन क्रिकइन्फोसँग भने, ‘तत्काल भ्रष्टाचारलाई लिएर कुनै कानुन बनेका छैन। तर, हामीले भारतीय प्रहरीसँग मिलेर म्याच फिक्सिङलाई रोक्न काम गरिरहेका छौं।आइसीसीसँग पनि म्याच फिक्सिङलाई रोक्न सीमित श्रोत साधन मात्र छ, जसको फाइदा यस्ता व्यक्तिले उठाइरहेका छन्।’

उनले भारतले भ्रष्टाचारविरूद्ध कानुन बनाएको खण्डमा अवस्था परिवर्तन हुने बताए। हाल आइसीसीले म्याच फिक्सिङसँग जोडिएको ५० भन्दा बढी मुद्धाको छानवीन गरिरहेको छ। जसमा धेरै मुद्धा भारतसँग सम्बन्धित छ।

‘म्याच फिक्सिङ’ मा कडा कानुन बनाउने श्रीलंका दक्षिण एसियाको एक्लो देशदक्षिण एसियामा श्रीलंका मात्र एक्लो यस्तो देश हो, जसले क्रिकेटमा म्याच फिक्सिङ गर्नेलाई कानुनी अपराध मान्छ र यसमा पक्राउ पर्ने व्यक्तिलाई १० वर्षसम्मको जेल सजायको प्रावधान राखेको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले क्रिकेटमा हुने गरेको खेल मिलेमतोको ५० भन्दा बढी घटनाको हाल जाँच गरिरहेको छ। जसमा भारतमा सबैभन्दा बढी खेल मिलेमतोको घटना फेला परेका छन्।

तर, भारतमा कानुनी प्रावधान स्पष्ट नहुँदा खेल मिलेमतोमा संलग्न व्यक्ति छुट्ने सम्भावना प्रबल छ। भारतमा मात्र ४० हजार करोडको बिट लाग्ने गरेको छ। 

आइसीसीले श्रीलंकाले खेल मिलेमतोलाई रोक्न बनाएको कानुनको प्रसंसा गरेको छ। श्रीलंकाले २०१९ मा यो कानुनलाई पास गरेको हो।

प्रकाशित मिति: : 2020-06-25 18:25:15

प्रतिकृया दिनुहोस्