सुशान्तकाे निधनपछि भारतमा आत्महत्याको बढ्याे ‘ट्रेण्ड’, टिकटक स्टार सिया कक्करले पनि गरिन् आत्महत्या

बलिउड अभिनेता सुशान्‍त सिहं राजपुतको निधनपछि भारतमा आत्महत्याको ‘ट्रेण्ड’ बढेको बताइएको छ। उनकाे निधनपछि भारतमा ६ जनाले आत्महत्या गरेका छन्। सुशान्तको आत्महत्या खबरले दु:खी र मर्माहत भएका उनीहरुले पनि आत्महत्या गरेका हुन्।

पछिल्लाे समय बिहीबार १६ वर्षीया भारतीय टिकटक स्टार सिया कक्करले आत्महत्या गरेकी छिन्।

सियाले किन आत्महत्या गरेकी हुन भन्‍ने अहिलेसम्‍म खुलेको छैन। उनको आत्महत्यामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। सिया दिल्लीमा बस्दै आएकी थिइन्।

सियाले आत्महत्याको एकरात पहिले आफ्नो म्यासेन्जरमा अर्जुन सरिनसँग कुरा गरेकी थिइन्। अर्जुनका अनुसार उनले सियाको एउटा गीतको बारेमा कुरा गरेकी थिइन्।

अर्जुनले भनेका छन्, ‘सिया त्यो समय राम्रैसँग कुरा गरिरहेकी थिइन्। साथै उनी कति पनि आत्तिएकी थिइनन्।’ अर्जुनले आफू पनि सियाले किन आत्महत्या गरिन् भन्नेबारे आश्चर्यमा परेको बताएका छन्।

सियाले आत्महत्या गर्नु केही घण्टाअघि आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो डान्स भिडियो शेयर गरेकी थिइन्।

टिकटक र इन्स्ट्राग्राममा उनका ठूलो संख्यामा उनको फलोअर्स थिए।

View this post on Instagram

Mehbooba☺️????????

A post shared by Siya Kakkar (@siya_kakkar) on

यसअघि पनि  उत्तर प्रदेशको हापुड जिल्लामा  एक ११ वर्षीय बालकले फाँसी लगाएर सुशान्तका नाममा ज्यान दिएका छन्।

सुशान्तको मृत्युपछि पीडामा रहेका बालकले आमाको सलमा पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन्। ती बालक सुशान्तका ठूलो फ्यान थिए। उनको मृत्युबाट एकदमै दु:खी रहेकाे उनकाे परिवारले बताएका छन्।

यसअघि विशाखापट्टनम र अंडमानमा पनि दुई महिलाले आत्महत्या गरेका थिए। उनीहरु पनि सुशान्तकाे फ्यान हुन्।

सुशान्तको मृत्युपछि विशाखापट्टनममा २१ वर्षीय महिला र अंडमानस्थित पोर्ट ब्लेयरमा १५ वर्षीया किशोरीले फासी लगाएर आत्महत्या गरे।

यता उत्तर प्रदेशको बरेली र विहारको पटनामा पनि एक/एक जनाले आत्महत्या गरे।

प्रहरीका अनुसार बरेलीमा एक विद्यार्थीले जब सुशान्त सिंह राजपूत आत्महत्या गर्न सक्छन् भने मैले पनि गर्न सक्छु भन्दै आत्महत्या गरेका हुन्। 

त्यसैगरी पटनामा सुशान्तको मृत्युको खबरपछि  १७ वर्षीया किशोरीले आत्महत्या गरिन्। उनी कक्षा १० को रिजल्टका कारण डिप्रेशनमा थिइन्।

प्रकाशित मिति: : 2020-06-25 21:42:57

प्रतिकृया दिनुहोस्