
बिएल संवाददाता
अब एउटा सेवाप्रदायकबाट दुई वटा मात्रै सिमकार्ड लिन पाइने भएकाे छ।
सरकारले एकै व्यक्तिले जति पनि सिम लिने प्रचलनले गर्दा साइबर अपराध र अन्य अपराधको घटना बढेको र अनुसन्धान गर्न पनि असहज भएको भन्दै याे नियम जारी गर्न लागेकाे हाे।
यसअघि सरकारले सिम कार्ड लिन पाउने व्यवस्थामा कुनै सीमा तोकेको थिएन। अब भने एक व्यक्तिले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको दुई/दुई वटा मात्रै सिमकार्ड आफ्नो नाममा लिन पाउनेछन्।
तर एनटीसीको सीडीएमए लिनेको हकमा भने ३ वटासम्म जीएसएम सिम लिन पाउने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद आर्यालले सेवा प्रदायकहरुलाई पत्र लेखेर अब यो व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको जानकारी दिए।
प्राधिकरणले यसअघिदेखि नै एउटा सेवा प्रदायहबाट दुई भन्दा बढी सिम चलाइरहेकाहरुलाई पनि यो नियम लागू गर्ने गरी व्यवस्था हुने बताएको छ।
अरुका नाममा सिम लिएर दुरुपयोग हुन थालेपछि प्राधिकरणले सिमकार्डको विक्री वितरणमा कडाइ गर्दै आएको छ।
हालसालै नागरिकतको सक्कलसहित सम्बन्धित व्यक्ति उपस्थित भएपछि मात्रै सिम दिन सकिने व्यवस्था लागू गरेको छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया