अयोध्यामा राममन्दिरको भूमिपूजन समारोह साउन २१ मा, मोदी पनि पुग्ने

एजेन्सी

मुम्बई

भारतको अयोध्यामा राम मन्दिरका लागि भूमिपूजन साउन २१ गते हुने भएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समारोहमा उपस्थित हुन राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको निमन्त्रण स्वीकारेका छन् । 

मोदीका पूर्व प्रधान सचिव तथा मन्दिर ट्रस्ट निर्माण समितका अध्यक्ष नृपेन्द्र मिश्रले बिहीवार अयोध्या भ्रमण गरे । उनले ट्रस्टका सदस्यहरूसँग लगभग दुई घन्टा बैठक गरेर मन्दिरको डिजाइन र मोडलमा एकमत हुन आवश्यक रहेको बताए । 

अयोध्यालाई विश्व धरोहरका साथै पर्यटन नगरीका रूपमा विकसित गर्ने मिश्रको भनाइ छ । मन्दिर निर्माणमा कला र संस्कृतिको ध्यान पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ । मोदी अयोध्या पुगेपछि मन्दिरका साथै ७० एकड परिसरमा हुने विकास कार्यको पनि निरीक्षण गर्नेछन् । 

प्रकाशित मिति: : 2020-07-19 13:28:03

प्रतिकृया दिनुहोस्