
दिलबहादुर छत्याल र पुष्पराज जोशी
निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ। निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म घटना रहस्यमै छ।
घटनाको दुई वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका आमाबुवाले न्याय पाउने आश गुमेको बताएका छन्। ‘छोरीको हत्या भएको पनि दुई वर्ष पुगिसक्यो,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘अझै न्याय पाउन सकिएको छैन।’ निर्मलाको न्यायका लागि देशदुनियाँ लडेको बताउँदै उनले भनिन्, ‘न्यायका लागि सबैले आवाज उठाए तर पनि प्रहरीले अपराधीलाई समात्न सकेन।’
न्यायका लागि आवाज उठाउँदा मानिसको ज्यानसमेत गएको बताउँदै निर्मलाका बुवा यज्ञराजले भने, ‘म त न्याय माग्दामाग्दै थाकिसकें।’ उनले उल्टै प्रश्न गरे, ‘सरकारसँग सोधिदिनुस्, न्याय दिन किन चासो नदेखाएको हो ?’ न्याय माग्न जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बसेको बताउँदै उनले भने, ‘धर्ना बस्दाबस्दै म उल्टै बिरामी भएर बढी पीडित भएँ तर पनि न्याय पाइएन।’
प्रहरीले सिआइबीसमेत गरी विभिन्न छानबिन समिति बनाएर अनुसन्धान गरे पनि हत्यारा को हो भन्न टुंगो लगाउन अझै सकेको छैन। सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीले विभिन्न पाटा र कोणबाट अनुसन्धान जारी राखेको बताए। ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी को हो भन्ने टुंगोमा पुग्न सकेका छैनौं। सबै उपाय अपनाएर तार्किक निष्कर्षमा पु¥याउन प्रयत्नरत छौँ।’ यो धेरै गिजोलिएको केस भएकाले अनुसन्धान जटिल भएको उनको भनाइ छ।
प्रहरीले निर्मलाको सुरुवाल पखालेको, लुगा जलाएर नष्ट गरेको, घटनास्थल सिल नगरी प्रमाण नष्ट हुन दिएको, फिंगर र फुट प्रिन्ट संकलन नगरेको, तालिमप्राप्त कुकुर परिचालन नगरेको कारण दोषी पत्ता लगाउने बलियो प्रमाण बाँकी छैन। एकमात्र आधार मानिएको निर्मलाको भेजिनल स्वाब पनि त्रुटिपूर्ण रहेको भनिएपछि दोषी पत्ता लगाउने ठोस प्रमाण खोज्न जटिल छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया