रातोपाटी
नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विभाग गठन र विस्तारको तीव्र गृहकार्य गरिरहेको छ । सातवटै प्रदेशका प्रतिनिधिले विभागका पदाधिकारी र सदस्यको नामावाली सङ्कलन गरी पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।
प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ बाट आनन्द ढुङ्गाना, बागमती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठ, प्रदेश ५ बाट बालकृष्ण खाँण, कर्णाली प्रदेशबाट जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट एनपी साउदलाई नामावली छनोटको जिम्मेवारी दिएका थियो ।
देउवाले गत फागुन तेस्रो सात आफ्नो चार वर्षको कार्यकाल सकिएपछि २० वटा विभाग गठन गरेका थिए । पौडेल पक्षको विरोधका बीच देउवाले फागुन १७ गते १३ र १९ गते ७ गरी २० वटा विभाग गठन गरेका थिए । योबीचमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेट्नका लागि देउवाले २७ विभाग भने खाली छाडेका थिए । तर पौडेल पक्ष पार्टीको केन्द्रीय विभाग गठन र सदस्यहरूको मनोनयनको विषयलाई मुद्दा बनाएर प्रतिवादमा उत्रिएको छ ।
महाधिवेशन भएको दुई महिना (नयाँ विधानअनुसार ६ महिना) भित्र गठन गर्नुपर्ने विभाग महाधिवेशनको ७ महिनाअघि गठन गरिनु विधान विपरीत भएको पौडेल पक्षको तर्क छ ।
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया