
रातोपाटी
नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विभाग गठन र विस्तारको तीव्र गृहकार्य गरिरहेको छ । सातवटै प्रदेशका प्रतिनिधिले विभागका पदाधिकारी र सदस्यको नामावाली सङ्कलन गरी पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।
प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ बाट आनन्द ढुङ्गाना, बागमती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठ, प्रदेश ५ बाट बालकृष्ण खाँण, कर्णाली प्रदेशबाट जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट एनपी साउदलाई नामावली छनोटको जिम्मेवारी दिएका थियो ।
देउवाले गत फागुन तेस्रो सात आफ्नो चार वर्षको कार्यकाल सकिएपछि २० वटा विभाग गठन गरेका थिए । पौडेल पक्षको विरोधका बीच देउवाले फागुन १७ गते १३ र १९ गते ७ गरी २० वटा विभाग गठन गरेका थिए । योबीचमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेट्नका लागि देउवाले २७ विभाग भने खाली छाडेका थिए । तर पौडेल पक्ष पार्टीको केन्द्रीय विभाग गठन र सदस्यहरूको मनोनयनको विषयलाई मुद्दा बनाएर प्रतिवादमा उत्रिएको छ ।
महाधिवेशन भएको दुई महिना (नयाँ विधानअनुसार ६ महिना) भित्र गठन गर्नुपर्ने विभाग महाधिवेशनको ७ महिनाअघि गठन गरिनु विधान विपरीत भएको पौडेल पक्षको तर्क छ ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया