आइतबार, ०७ सेप्टेम्बर २०२५

ओली–दाहाल संवाद महाधिवेशन केन्द्रित

नागरिक दैनिक

नागरिक दैनिक

काठमाडौँ
News Image
• • •

टपेन्द्र कार्की

 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद टुंग्याउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार महाधिवेशन केन्द्रित संवाद भएको छ। नौ दिनपछि साढे तीन घन्टा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओलीले दाहाललाई अहिले पार्टीभित्रको विवाद टुंग्याउन र महाधिवेशनपछि एकल अध्यक्ष बन्न प्रस्ताव गरेका छन्। ओलीको प्रस्तावपछि महाधिवेशन केन्द्रित संवाद भएको हो।

वार्ताको प्रारम्भमै ओलीले दाहाललाई भनेका थिए, ‘महाधिवेशन गरौं र महाधिवेशनपछि तपाईं एकल अध्यक्ष बन्नुस्, म अध्यक्ष र प्रधानमन्त्री दुवै हुन्न भनेकै छु, अरू साथीहरूलाई पनि मिलाएर लैजानुस् भनेकै छु।’ वार्तापछि दाहाललाई उद्धृत गर्दै उनीनिकट स्थायी कमिटीका एक सदस्यले भने, ‘ओली पक्षले महाधिवेशनमा दाहाललाई अध्यक्ष बनाउन सहयोग गर्ने प्रस्ताव यसअघि नै राखेको थियो तर आज (बिहीबार) को छलफलमा त्यस्तै त होइन तर महाधिवेशनबाट एकल अध्यक्ष बन्नुस् भन्ने प्रस्ताव उहाँ (ओली) बाट आएको छ।’  

शुक्रबार, श्रावण ३०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)