सोमबार, ०८ सेप्टेम्बर २०२५

इटालीमा फेरि कोरोना संक्रमण बढ्यो, तीन साताका लागि नाइट क्लब बन्द

News Image
• • •

इटालीमा कोरोनाको संक्रमण पुनः बढ्न थालेपछि सोमबारदेखि तीन साताका लागि नाइट क्लब, डिस्को र क्लब बन्द गर्ने घोषणा सरकारले गरेको छ। 

यहाँ बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने नियम लागु गरिएको छ। 

इटालीमा हालसम्म २ लाख ५३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्, जसमा ३५ हजार ३ सय ९६ जनाको निधन भइसकेको छ।

 आइतबार मात्र यहाँ ४ सय ७७ जना नयाँ संक्रमित फेला परेका थिए।

सोमबार, भाद्र ०१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)