प्रदेश संयोजक मनोनयन

रासस

काठमाडौँ 

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहका सम्झनामा स्थापित ‘मङ्गलादेवी स्मृति प्रतिष्ठान’ले सात वटै प्रदेशका संयोजक चयन गरेको छ । 

प्रतिष्ठानको शुक्रबार सम्पन्न  बैठकले  प्रदेश १ मा सुनसरीकी विजया कटुवाल, प्रदेश २ मा सिरहाकी सङ्गीता कर्माचार्य, वाग्मती प्रदेशमा चितवनकी तारा गुरुङ, गण्डकी प्रदेशमा कास्कीकी सन्ध्या पोखरेल, प्रदेश ५ मा दाङकी गिरिजा न्यौपाने, कर्णाली प्रदेशमा सुर्खेतकी जानकी सिंह र सुदूरपश्चिम प्रदेशमा बझाङकी शान्ति बोहोरा पुजारालाई चयन गरेको छ ।

महिला उत्थान र सशक्तीकरणका लागि  सिंहले खेलेको भूमिकालाई संस्थागत गर्दै समानता र समतामूलक समाज निर्माण गरी महिलालाई राजनीतिक तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले प्रदेशमा संयोजक मनोनयन गरिएको प्रतिष्ठानका अध्यक्ष गङ्गालक्ष्मी अवालले जानकारी दिइन् ।

 विसं २०७४ मा स्थापना भएको उक्त प्रतिष्ठानले महिला अधिकारलाई संस्थागत गर्न, जनचेतना कार्यक्रम, कानूनी साक्षरता र  महिला वर्गलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानले मनोनीत संयोजकलाई संस्थानको विधान र मूल्य–मान्यताभित्र रही भूमिका निर्वाह गर्न आग्रह गरेको छ । 

प्रकाशित मिति: : 2020-08-29 13:32:55

प्रतिकृया दिनुहोस्