मेसी एक सिजन बार्सिलाेनामै बस्ने !

सुपर स्टार लियोनल मेसी बार्सिलोनामा बस्न सक्ने सम्भावना बढेको छ। 

मेसीका एजेन्ट समेतका पिता जर्ज मेसीसँग बिहीबार भएकाे भेटमा सकरात्मक छलफल भएकाे बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बताएका छन्।  

उनकाे भनाइलाई आधार मान्ने हाे भने मेसीले अझै एक सिजन बार्सिलाेना मै रहने छन्। 

‘दुवै पक्षले आ–आफ्नो विचार राख्यौं। छलफल सकरात्मक रह्‍याे। एकअर्का बीचको गुनासा पनि राखियो,’ बोर्टोमेउलेले भेटपछि सञ्चारकर्मीहरुसँग भने, ‘मेसी बार्सिलोनामै रहने सम्भावना पनि छ।’

३३ वर्षका मेसीले गएको मंगलबार बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई पत्र बुझाएका थिए। यसका अलवा अध्यक्ष बोर्टोमेउलेले मेसीले सार्बजनिक रुपमा आफुसँग समस्या भएका कारणले बार्सिलोना छोड्न खोजेको बताएका थिए।

मेसीको समग्र प्रकरणकाबीच अहिलेसम्म मेसीले बार्सिलोना छोड्ने सम्भावना बढी भएको र जाने क्लब म्यानचेस्टर सिटी लगभग तय नै भएको दाबी विभिन्न मिडिया रिपोर्टमा गरिएको छ। 

मेसीले बार्सिलोनालाई पत्र बुझाउनु भन्दा पहिले नै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई टेलिफोन गरेका थिए।

उनले टेलिफोनमा पेप ग्वार्डिओलालाई भनेका थिए, ‘म अझै दुईपल्ट बालोन डी’ओर जित्न चाहन्छु र त्यो केवल तपाईँको प्रशिक्षणमा खेलेर मात्रै सम्भव छ।’ यो दाबीसहितको खबर स्पेनिस पत्रिका मार्काले प्रकाशित गरेको छ।

सिटीले अनुबन्धको लागि बार्सिलोना समक्ष तीन खेलाडी र ८९.५ मिलियन युरो अफर गरेको स्पेनिस मिडियाले दाबी गरेका छन्।

समाचारमा जनाइएअनुसार सिटीले मेसीका लागि आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको छ। सिटीले मेसी आउने खण्डमा सिल्भालाई बार्सिलोना पठाउन आनाकानी गर्ने छैन। यता बार्सिलोनालाई पनि सिल्भाको आगमनले दिर्घकालिन समाधान हुने देखिन्छ।

गाब्रियल जिससलाई बार्सिलोनाले लुइस स्वरेजको ठाउँमा लैजान यसअघि पनि प्रयास गरेकाे थियाे। तर सफल हुन सकेकाे छैन। 

मिडिया रिपोर्टमा मेसीले व्यक्तिगत हिसाबले सिटी आउन सहमत भएको बताइएको छ। सिटीको शर्तहरु बार्सिलाेनाले स्वीकार गरे प्रशिक्षक पेप ग्वार्डिओला र मेसीको पुनर्मिलन पनि हुनेछ।

ग्वार्डिओलाले बार्सिलोनामा मेसीलाई २००८ देखि २०१२ सम्म प्रशिक्षण दिएका थिए। गुग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा क्लबले लगातार सफलता हात पर्नुका साथै मेसीले आफूलाई विश्व स्तरीय खेलाडीको रुपमा स्थापित गरेका थिए। 

त्यसबेला मेसीले आफ्नो खेलमा व्यापक सुधार गर्दै टोलीका साथै व्यक्तिगत सफलता हासिल गरेका थिए। स्पोर्ट्स मेलको अनुसार प्रशिक्षक पेप र मेसी इतिहाद सर्ने विषयमा यसअघि नै छलफलमा थिए। यता मेसीका पिता सम्झौताबारे छलफल गर्नका लागि म्यानचेस्टर आइपुगेका छन्। 

मेसी र क्लबबीचको सम्झौता आउने जुनमा सकिनेछ। त्यसअघि मार्चमा क्लबको अध्यक्षको निर्वाचन हुँदैछ। मेसी क्लबमा बस्न राजी भएको खण्डमा आफु राजीनामा समेत गर्न तयार रहेको बार्टोमेउले बताएका थिए।

सुरुवातमा बार्टोमेउले अर्को दुई वर्षको थप सम्झौताका लागि प्रस्ताव गरेका थिए। तर, मेसीको पक्ष भने त्यसका लागि तयार देखिदैन। थप सम्झौता नभएपनि अहिले भएको सम्झौतासम्म भने मेसी बार्सिलोनामै बस्ने सम्भावना देखिएको छ। यदी उनी बार्सिलाेनामै बसे उनलाई 

स्मरण रहाेस् मेसीको उपस्थितिमा बार्सिलोनाले ४ पल्ट च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने १० पल्ट ला लिगाको। उनको उपस्थितिमा बार्सिलोनाले ३४ उपाधि जितेको थियो। 

३० जुनमा उनी ७ सय गोल पुरा गर्ने विश्वको सातौं खेलाडी बनेका थिए। यसमा उनले क्लबका लागि ६ सय ३० र देशका लागि ७० गोल गरका छन्। सबैभन्दा बढी गोल गर्ने कीर्तिमान अस्ट्रियाका जोसेफ बिकनको नाममा छ। उनले ८ सय ५ गोल गरेका छन्। 

याे पनि

१) बार्सिलोना छोड्ने मेसीकाे निर्णय, छलफल गर्न क्लबले डाक्याे आकस्मिक बैठक

२) बार्सिलाेनालाई मेसीकाे पत्र: व्यक्तिगत कारण म याे कठिन निर्णय लिन बाध्य छु

३) मेसीकाे ‘रिलिज क्लज’ नेयमारकाे भन्दा तीन गुणा बढी !

४) ग्वार्डिओलासँग मेसीकाे टेलिफाेन कुराकानी

५) मेसीलाई बार्सिलोनामै राख्न बार्टोमेउले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने !

६) सिटीकाे आकर्षक प्रस्ताव: बार्सिलाेनालाई तीन खेलाडी र पैसा दिने, मेसीलाई ३ वर्षका लागि लिने, जुनसुकै बेला जान दिने

७) ‘म अझै दुईपल्ट बालोन डी’ओर जित्न चाहन्छु, त्यो केवल तपाईँको प्रशिक्षणमा मात्रै सम्भव छ’

८) बार्सिलाेना र मेसीको चेस गेम, काे हाेला विजेता ?

९) मेसीका लागि ५०० मिलियन युरो तिर्न सिटी तयार, तर बार्सिलोनाबाट बर्हिगमन असहज

१०) प्रशिक्षणमा मेसीसहित १७ खेलाडी अनुपस्थित

११)  मेसीले बार्सिलोना छाडिसके: भाल्डानो

१२) मेसी सिटीमा आवद्ध भए घण्टाको आम्दानी २२ लाखभन्दा बढी हुने

१३) मेसीलाई आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकार छ, तर बार्सिलोनामै बसेको हेर्न चाहान्छु: रामोस

प्रकाशित मिति: : 2020-09-04 06:48:28

प्रतिकृया दिनुहोस्