मेसी र बार्सिलोनाबीच झनै तनाव बढ्ने संकेत, बुबाले भने– ७ सय मिलियन रिलिज क्लज मान्य छैन

लिओनल मेसी र बार्सिलोनाबीच झनै तनाव बढ्ने संकेत देखिएको छ।

मेसीका बुबा जर्ज मेसीले ला लिगाका अध्यक्ष हाभियर तेबासलाई पत्र लेख्दै बार्सिलोनासँग उनको छोराको ८२ करोड डलरको सम्झौता लागू नहुने बतएपछि विवाद चरमउत्कर्षमा पुग्ने देखिएको हो। 

छोराका एजेन्टको काम समेत गर्दै आएका जर्जले भनेका छन्, ‘बार्सिलोनाले तोकेको ७ सय मिलियन यूरो रिलिज क्लज अवैधानिक भएको छ। यो हामीलाई लागू हुनेछैन।’

मेसीले बार्सिलोना छोड्न चाहेको बताएपछि अघिल्लो हप्ता लालिगाले बार्सिलोना र मेसीबीचको ७० करोड युरो अर्थात ८२.३ करोड डलरको रिलिज क्लज लागू हुने बताएको थियो।

क्लब उक्त रकम नतिरेसम्म मेसीलाई छाड्न नसक्ने जनाएको छ।

मेसीका बुबा जोर्गीले सिजनको अन्त्यमा छाड्ने निर्णय गर्दा फ्रि टान्सफरमा जान पाउने सम्झौता भएकाले ला लिगाले गरेको निर्णय अवैधानिक भएको बताएका छन्।

‘लालिगाले कुन सम्झौता विश्लेषण गरेको हो हामीलाई थाहा छैन,’ जर्जले भनेका छन्, ‘सन् २०१९–२० सिजन समाप्तिमा खेलाडीले एकपक्षीय रुपमा सम्झौता तोड्न सक्ने व्यवस्था छ।’

च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखसँग बार्सिलोना ८–२ ले पराजित भएपछि मेसीले क्लब छाड्ने घोषणा गरेका थिए। यससँगै उनी इंग्लिस प्रिमियर लिगको म्यान्चेस्टर सिटी जाने अनुमान गर्न थालिएको थियो।  सिटीले मेसीका लागि आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको छ।

तर, मेसीको सम्झौतालाई लिएर अहिले क्लब र उनीबीच चर्को द्वन्द्व चलेको छ। बार्सिलोनाले भने उनको सम्झौता लम्ब्याउन मात्र छलफल हुनसक्ने बताएको छ। 

 मेसीले व्यक्तिगत हिसाबले सिटी आउन सहमत भएको बताइएको छ। सिटीको शर्तहरु बार्सिलाेनाले स्वीकार गरे प्रशिक्षक पेप ग्वार्डिओला र मेसीको पुनर्मिलन पनि हुनेछ।

ग्वार्डिओलाले बार्सिलोनामा मेसीलाई २००८ देखि २०१२ सम्म प्रशिक्षण दिएका थिए। गुग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा क्लबले लगातार सफलता हात पर्नुका साथै मेसीले आफूलाई विश्व स्तरीय खेलाडीको रुपमा स्थापित गरेका थिए। 

त्यसबेला मेसीले आफ्नो खेलमा व्यापक सुधार गर्दै टोलीका साथै व्यक्तिगत सफलता हासिल गरेका थिए। स्पोर्ट्स मेलको अनुसार प्रशिक्षक पेप र मेसी इतिहाद सर्ने विषयमा यसअघि नै छलफलमा थिए। यता मेसीका पिता सम्झौताबारे छलफल गर्नका लागि म्यानचेस्टर गएका थिए।

याे पनि

१) बार्सिलोना छोड्ने मेसीकाे निर्णय, छलफल गर्न क्लबले डाक्याे आकस्मिक बैठक

२) बार्सिलाेनालाई मेसीकाे पत्र: व्यक्तिगत कारण म याे कठिन निर्णय लिन बाध्य छु

३) मेसीकाे ‘रिलिज क्लज’ नेयमारकाे भन्दा तीन गुणा बढी !

४) ग्वार्डिओलासँग मेसीकाे टेलिफाेन कुराकानी

५) मेसीलाई बार्सिलोनामै राख्न बार्टोमेउले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने !

६) सिटीकाे आकर्षक प्रस्ताव: बार्सिलाेनालाई तीन खेलाडी र पैसा दिने, मेसीलाई ३ वर्षका लागि लिने, जुनसुकै बेला जान दिने

७) ‘म अझै दुईपल्ट बालोन डी’ओर जित्न चाहन्छु, त्यो केवल तपाईँको प्रशिक्षणमा मात्रै सम्भव छ’

८) बार्सिलाेना र मेसीको चेस गेम, काे हाेला विजेता ?

९) मेसीका लागि ५०० मिलियन युरो तिर्न सिटी तयार, तर बार्सिलोनाबाट बर्हिगमन असहज

१०) प्रशिक्षणमा मेसीसहित १७ खेलाडी अनुपस्थित

११)  मेसीले बार्सिलोना छाडिसके: भाल्डानो

१२) मेसी सिटीमा आवद्ध भए घण्टाको आम्दानी २२ लाखभन्दा बढी हुने

१३) मेसीलाई आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकार छ, तर बार्सिलोनामै बसेको हेर्न चाहान्छु: रामोस

१४) मेसी एक सिजन बार्सिलाेनामै बस्ने !

प्रकाशित मिति: : 2020-09-04 19:52:45

प्रतिकृया दिनुहोस्