सोमबार, ०८ सेप्टेम्बर २०२५

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण, एकजनाकाे मृत्यु

News Image
• • •

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल र चितवन मेडिकल कलेज, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा मंगलबार बिहान गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि भएको हो। 

संक्रमित हुनेमा नवलपरासी (सुस्तापूर्व)का ६ जना र कास्कीका ५ जना रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले बताए।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ६१२ पुगेको छ। 
 
थप एक जनाकाे मृत्यु

कास्की जिल्लामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

अन्नपुर्ण १ निवासी ६३ वर्षिया महिलाको मिति  भाद्र २१ गते विहान ९:१५ बजे श्री विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको छ ।

ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत उनको भाद्र १९ गते कोरोना पुष्टी भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

मंगलबार, भाद्र २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)