आइतबार, ०७ सेप्टेम्बर २०२५

खुटिया नदी किनारमा पुरुषको शव फेला

News Image
• • •

कैलालीको गोदावरी नगरपालिका ८ स्थित खुटिया नदी किनारमा एक पुरुषको शव फेला परेको छ। 

अन्दाजी ५५ ६० बर्षिय ती पुरुषको शव बुधवार खुटिया पुल भन्दा ५ किलोमिटर पर नदीको किनारमा फेला परेको ईलाका प्रहरी कार्यालय मलाखेतीले जानकारी दिएको छ। 

उनको सनाखत भने हुन सकेको छैन।

 शव कसैले चिनेकोको भए प्रहरीलाई सम्पर्क गर्न ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले बताए । 

अहिले शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

बिहिबार, आश्विन ०१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)